१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको ईपीएल यात्रा टुङगियो



अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा साविक विजेता विराटनगर वारियर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलाभेन क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

हारसँगै विराटनगर वारियर्स चितवनसँग नेट रनरेटको अधारमा प्रतियोगिताबाट बाहिरिएको छ । रन रेटले पछाडि परेको चितवन भने प्लेअफमा पुग्न सफल भएको हो । चिवनको नेट रनरेट –०.१८५ हुदा विराटनगरको –०.२५ रहेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.५ ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि सुमित महर्जनले २५, हरिबहादुर चौहानले २२ र कप्तान पारस खड्काले २१ रन बनाएका थिए । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका केभिनले तीन विकेट लिए ।

१०१ रनको सामान्य लक्ष्य पच्छ्याएको काठमाडौंले १७.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । काठमाडौंका लागि केभिन ओब्रिइन अविजित ४५ र प्रदीप साहुले अविजित २१ रन बनाए । बलिङतर्फ कप्तान पारस खड्का र रोइलोफ भान डेर मेर्वेले समान २–२ विकेट लिए पनि जित दिलाउन सकेनन ।

लिग चरणको खेल सकिदा लिगको शीर्ष स्थानमा ललितपुर प्याट्रिएटस र दोस्रो स्थानमा काठमाडौं रहंदै क्वालिफायर राउण्डमा प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि यी दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।