१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा झडप, पाँच राउन्ड हवाइ फायर



अ+ अ-

रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ । सात राउन्ड अश्रुग्यास प्रहार गरिएकाे प्रहरीले जनाएकाे छ ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका प्रहरी प्रमुखले बताउनुभयाे ।