१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको मृत्युले ओली दुखित



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको असामायिक निधनले आफूलाई निकै दुखित बनाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’

गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।