१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कौडिको भाउमा पनि बिकेन एनसीसी बैंक लिमिटेडको सेयर



अ+ अ-

काठमाडौं । कुनै बेला घण्टौ लाइन लागेर सेयर बजारमा आबेदन दिन अत्याधिक चाप देखिने जलविद्युतमा अहिले सेयर भर्ने सर्वसाधारणहरुको संख्या कम भएको छ । जलबिधुतमा जस्तै ”क” बर्गको बैंकले कौडिको भाउमा सेयर भर्न आबेदन खुल्ला गरेपनि सर्वसाधारणले खासै चासो नदेखाएका हुन् ।

गत महिना ‘क’ वर्गको एनसीसी बैंक लिमिटेडले जारी गरेको हकप्रद सेयरमा समेत लगानीकर्ताहरुले पर्याप्त आवेदन नआएकाले बैंक तथा बितिय संस्थामा लागानिकर्ताको चाप क्रमश घट्दै गएको अनुमान लगाउन सकिन्छ ।

संस्थापक समूहतर्फको ६५ लाख १६ हजार ७९५ र सर्वसाधारण समूहतर्फको १३ लाख ९४ हजार १९८ गरी कुल ७९ लाख १० हजार ९ सय ९३ कित्ता हकप्रद सेयर बिक्री नभए पछि बैंकले लिलामी गर्ने भएको हो ।

लगानीकर्ताहरुले माग गरिएको न्यून आवेदन पनि नदिए पछि बैंकले लिलामीको माध्यमबाट सेयर बिक्री गर्ने लागेको हो । सोमबार सेयर बजारमा २ सय २१ रुपैयाँमा कारोबार भइरहेको यो बैंकको सेयरलाई अब न्युनतम १ सय रुपैयाँ कबोल गरेर लिलामीमा सहभागी हुन पाइने भएको छ । लिलामीका लागि आगामी ११ गतेदेखि २० गतेको समय तोकिएको छ ।