२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घद्वारा युक्रेन प्रस्ताव पारित



अ+ अ-

वासिङ्टन । संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ ।

युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित थिए । राष्ट्रसङ्घका एक अधिकारीका अनुसार युक्रेनले राष्ट्रसङ्घमा प्रस्तुत गरेको “क्राइमिया स्वायत्त गणतन्त्र र सेभास्टोपोल नगरका साथै कृष्ण सागर र अजोभ सागरमा सैनिकीकरण” दस्तावेजमा मतदान भएको थियो ।

उक्त प्रस्ताव कर्च स्ट्रेट घटना पश्चात युक्रेनले राष्ट्रसङ्घमा दर्ता गरेको हो । कर्च स्ट्रेटमा प्रवेश गरेका युक्रेनी पानीजहाजको रुसले खानतलासी गर्नुका साथै जहाजमा रहेका युक्रेनी सैनिकहरुलाई जबर्जस्ती नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब उत्पन्न भएको थियो ।

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले उक्त घटनाका सम्बन्धमा युक्रेनको पक्ष लिएका थिए । साथै उनीहरुले युक्रेनी सैनिकको तत्काल रिहाई र कर्च स्ट्रेटमा निर्वाध आवागमनको सुनिश्चितता गर्न आग्रह गरेका थिए । रासस