२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल ९सीबीपी०को सहयोगका लागि थप सेना परिचालन गरिएको थियो ।

अमेरिकी रक्षा विभागका प्रवक्ता रोबर्ट म्यानिङले भन्नुभयो, “हाल सीमा क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या करिब तीन हजार मात्र छ । यी सेनामध्ये टेक्सास कोरिडोरमा एक हजार, एरिजोनामा नौ सय तथा क्यालिफोर्नियामा एक हजार २०० रहेका छन् ।”

तथापी, सीबीपीको आवश्यकता बमोजिम रक्षा विभागले आवश्यक संख्यामा सैनिक पठाउने उहाँले बताउनुभयो ।

यसै वर्षको नोभेम्बरमा सीमा करिब ६ हजार सेना परिचालन गरिएको थियो, तर पेन्टागनले कतिपय सीमा क्षेत्रमा सैनिकको बाक्लो उपस्थिति आवश्यक नरहेको मूल्याँकन गरेसँगै सैनिक कटौती गरिएको जनाएको छ । रासस