१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीको आतङ्कले सर्लाही ईश्वरपुरवासी प्रभावित



अ+ अ-


सर्लाही  ।जङ्गली हात्ती बस्तीमा पसेर आतङ्क मच्चाएपछि सर्लाही ईश्वरपुर नगरपालिकाका– १३ र १४ नं वडाका स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो समयमा बस्तीको छेउमै रहेको सागरनाथ जङ्गल हुँदै रातिको समयमा आएको तीन हात्तीले बस्तीमा पसेर घर टहरा तथा धनमालमा क्षति पुर्याउँदै बालीसमेत खाएर सखाप पारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

जङ्गली हात्तीले नगरपालिकाको हरकटवा तथा श्रीनगर क्षेत्रमा गरी २५ घरमा प्रत्यक्ष रुपमा क्षति पारेको छ । स्थानीयवासी त्रसित भई जीवनयापन गर्न बाध्य भएका छन् । स्थानीयवासी जीतन महतोले दिएको जानकारी अनुसार हात्तीको त्रासले रातिमा सुत्न नपाएपछि दिउँसो कामकाज छोडेर सुत्ने गरेको बताउनुभयो । महिला तथा छिमेकीको घरमा राखेर आफूहरु रातभरि नै जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हीराबहादुर आलेले बताउनुभयो ।

रासस