२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री गिरीले लेखे मृत्यु पुर्ब यस्तो मार्मिक पत्र, दाहस संस्कार अरुको भन्दा फरक



अ+ अ-


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले तोपको सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाहस संस्कार सरकारले अरु भन्दा फरक किसिमले गर्न लागेको हो ।

देशका भीआइपीको मृत्यु हुदा सरकारले सार्वजनिक बिदा र सम्मान स्वरुप तोपको सलामी अर्पण गर्ने गरेको भएपनि गिरीको परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीका गरेका हुन् । परिवारको आग्रहमा गिरीको पार्थिक शरीरलाई सर्वसाधारण नागरिककै जसरी अन्त्येष्टि गरिन लागेको हो।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीका अनुसार – ‘सलामी दिनेबारे हामीलाई सोधनी भएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’

डा.गिरीले मृत्युपूर्व नै विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेकोले आफ्नो अन्त्येष्टि पनि साधारण किसिमले नै गर्नु भनेर लेखेर दिएको सामान्य किसिमले नै गर्न लागेको परिवार स्रोतले बताएको हो ।

पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।