२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेरा खोज्ने बहानामा आएर हत्या



अ+ अ-

काठमाडौँ । टोखामा डेरा खोज्ने बहानामा आएर हत्या गर्ने ४ जना अभियुक्तलाई प्रहरीले प्रकाउ गरेको छ । आइतबार साँझ मुगु टोरु गाउँपालिकाकी २३ वर्षीया अजिता मल्ल शाहीलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न चारै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २६ वर्षीया भगवती मल्ल,२४ वर्षीया विष्णुमाया मल्ल,२३ वर्षीया रिता केसी र २१ वर्षीया गण्डिपराज मल्ल रहेका छन्।

श्रीमान्‌ले सौता हालेको रिसमा कान्छी श्रीमतीलाई भाइ बहिनीसँग मिलेर घाँटि थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोठा खोज्ने बहानामा आइतबार ४ बजे आसपास अजिताको कोठैमा पुगेर ४ जना मिली हत्या गरेका उनीहरूले कबुलेका हुन्।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइतबार साँझ ४ बजे प्रहरीले जानकारी पाए लगत्तै अनुसन्धान थालेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहँदै हत्यारा पक्राउ परिसकेको बताए।