२२ मंसिर २०८२, सोमबार
,
Latest
रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो अंकले घट्यो शेयर



अ+ अ-

काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार विन्दुले घटेर २४८ दशमलव ५९ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६४६ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका दश उपसमूहमध्ये आज आठ उपसमूहको शेयर ओरालो लागेका छन् भने दुई उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन नौ दशमलव तीन एक र अन्य पाँच दशमलव ३८ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १५ दशमलव ६४, होटल पाँच दशमलव ५४, विकास बैंक २० दशमलव ७२, जलविद्युत् १६ दशमलव १४, वित्त शून्य दशमलव तीन छ, निर्जीवन बीमा १९२ दशमलव ३२, लघुवित्त १८ दशमलव ४८ र जीवन बीमा ४९ दशमलव ९३ बिन्दुले घटेका छन् । घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । रासस