१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते आह्वान



अ+ अ-

काठमाडाैं –  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गर्नुभएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।