२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको काखबाटै थुतेर बालिका बलात्कृत



अ+ अ-

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बोल्न नसक्ने एक बालिकालाई चकलेटको प्रलोभन देखाएर एक युवकले बलात्कार गरेका छन् । गणेशमान चारनाथ नगरपालिका ५ तडियाकी ७ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गर्ने स्थानीय युवक रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति १० बजे अपाङ्गता भएकी बालिकालाई आमाकै काखवाट खोसेर नजिकैको उखुबारीमा लगी बस्नेतले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

बालिकाकी आमा पनि सुस्त मनस्थितिकी छन् । रोशनले मेरो दाई विदेशवाट आए चकलेट दिन्छु भन्दै आमालाई ढोका खोल्न लगाए । जब आमाले ढोका खोलिन् । रोशन बालिकालाई लिएर बेपत्ता भए ।

छोरीलाई काखवाटै खोसेर लगेपछि बालिकाकी आमाले छिमेकी गुहारिन् । स्थानीयले खोजतलास गर्ने क्रममा १ घण्टापछि बालिकालाई अर्थनग्न अवस्थामा घर नजिकैको चउरमा फेला परेकी थिईन् । रगतले लतपतिएकी अचेत अवस्थामा रहेकी बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।