• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

आईपीएलमा कौडिको भाउमा पनि बिकेन्न यि खेलाडिहरु



जयपुर । विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ ।

भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ । गत वर्ष रोयल्सले नै उनलाई ११.५ करोडमा किनेको थियो । तर यस पटक रिलिज गरेर राजस्थानले ८ करोड ४० लाखमा किनेको छ । वरुण चक्रवतीलाई डेब्यूमै किंग्स इलाभेन पञ्जावले ८ करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो । त्यस्तै इंग्ल्यान्डका युवा अल राउण्डर साम करनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड २० लाख खर्चेको छ ।

अक्षर पटेल, महित शर्मा र शिवम दुबेमाथि समान ५ करोडको मुल्य लाग्यो । अक्षरलाई दिल्ली क्यापिटल्स, मोहितलाई चेन्नइ सुपर किंग्स र दुबेलाई रोयल च्यालेन्जर बेंग्लोरले भित्र्याएका छन् । त्यस्तै १५ वर्षिय प्रयास राय बर्मनलाई १ करोड ५० लाखमा रोयल च्यालेन्चर बेंग्लोरले किन्यो । युवराज सिंह र मार्टिन गुप्टिल अन्तिममा किनिए । युवराज सिंहलाई मुम्बई इन्डियन्स र गुप्टिललाई सनराइज हैदरावादले समान एक करोड खर्चिए । तर आईपीएलमा पहिलो शतक बनाउने न्युजिलयान्डका ब्रेन्डन मक्कुलम देखी यी १५ स्टार खेलाडीलाई भने कुनै टिमले लिएनन् ।

१. ब्रेन्डन मक्कुलम (न्युजिल्यान्ड) आक्रमक ब्याट्सम्यान

२. डेल स्टेन (दक्षिण अफ्रिका) तीब्र गतिका बलर

३. एलेक्स हेल्स (इंग्ल्यान्ड) ओपनर ब्याट्सम्यान

४. सिकन्दर राजा (जिम्बाबे) अलराउण्डर

५. एडम जाम्पा (अष्ट्रेलिया) स्पिनर

६. क्रिस वोक्स (इंग्ल्यान्ड) अलराउण्डर

७. जेसन होल्डर (वेस्टइन्डिज) अलराउण्डर

८. मुफिकुर रहिम (बंगलादेश) विकेटकीपर तथा ब्याट्सम्यान

९. हसिम अमला (दक्षिण अफ्रिका) ओपनर ब्याट्सम्यान

१०. चेतेश्वर पुजारा (भारत)ब्याट्सम्यान

११. शन मार्श (अष्ट्रेलिया) ब्याट्सम्यान

१२. उस्मान खवाजा (अष्ट्रेलिया)ब्याट्सम्यान

१३. क्रिस जोर्डन (इंग्ल्यान्ड) तीब्र गतिका बलर

१४. एन्जेलो म्याथुज (श्रीलंका) अलराउण्डर

१५. कुशल परेरा (श्रीलंका) अलराउण्डर