२४ मंसिर २०८२, बुधबार
,
Latest
जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम खेती सङ्कटमा



अ+ अ-

बनेपा । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती सङ्कटमा परेको छ ।

भूकम्पले क्षति पु¥याएपछि केन्द्रको मुख्य कार्यालयको भवनबाहेक अरु सबै बस्न नमिल्ने गरी जीर्ण बनेको कार्यालयका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । भवन जीर्ण बन्दै गएपछि किसानलाई आवश्यक पर्ने रेशमको फूल उत्पादन गरेर वितरण गर्ने र संरक्षण गर्ने काममा समस्या भएको छ । अहिले कोरिया र जापानबाट ल्याएका विभिन्न जातका रेशम कीरालाई संरक्षण गर्ने र फूल उत्पादन गर्ने एकमात्र केन्द्र भवन अभावका कारण सङ्कटमा पर्दै गएको छ ।

भूकम्पले चिरा पारेको भवनमा नै कर्मचारी बस्ने र कीरा संरक्षण, भण्डारण र अण्डा उत्पादन गर्दै आइरहेको कर्मचारी बताउँछन् । इञ्जिनीयरमार्फत लागत अनुमान तयार गरी सम्बन्धित निकायलाई पेश गरेको तर एकैचोटि सबै भवन बनाउने नसकिने र आउने आर्थिक वर्षमा क्रमशः एक दुई वटा गरी सुधार हुने सङ्केत मात्रै आएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

शुरुमा सो केन्द्रको काम कोकन (रेशम कीराले किम्बु खाएर बनेको डल्लो) खरीद गर्ने र अरु विभिन्न फार्मका कोकन पनि त्यहीँ आउने भएकाले धागो कातेर विक्री गर्ने भन्ने थियो तर पछि व्यवसाय गर्ने किसानले आफैँ धागो कात्न थालेपछि अहिले केन्द्रले धागो कात्न बन्द गरेको उहाँले बताउनुभयो । धागो कात्ने काम बन्द भएपछि धागो प्रशोधन एकाइ भवन पनि बन्द छ ।

यो केन्द्र मुलुकको सङ्घीय संरचनाअन्तर्गत राष्ट्रिय फार्मको रूपमा चिनिन्छ । रेशम खेती गर्न २०३२ सालमा स्थापना गरिएको केन्द्र नेपालमा रहेका विभिन्न नौ वटा फार्म केन्द्र र रेशम खेतीमा संलग्न केन्द्रको पनि केन्द्र हो । फार्ममा चार हजार किसानलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुँदै आएको छ । विदेशबाट आयात गरिएका रेशम कीराका विभिन्न ३५ जातलाई जातीय संरक्षण गर्ने र उपयोग गर्ने हिसाबले केन्द्रले काम गरिरहेको छ ।

तापक्रम अनुकूलको सहन सक्ने र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको कीरालाई क्रसिङ गरेर फूल उत्पादन गर्ने र वितरण गर्ने कामसमेत सो केन्द्रले गर्दै आएको छ । किसानको माग र आपूर्तिको आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । “मागकै आधारमा यो वर्ष दश हजार बाकस अण्डा उत्पादन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये तीन हजार जति फार्महरूले लाने र बाँकी अण्डा किसानलाई सोझै विरतण गर्ने योजनामा छौँ ।”

करीब १२६ रोपनी जग्गा रहेको केन्द्रको करीब १०० रोपनी जग्गामा किम्बुको बगैँचा लगाइएको छ । ती किम्बु बगैँचा व्यवस्थापन गर्ने, काँटछाँट गर्ने, मलखाद दिने, सिँचाइ गर्ने र गोडमेल गर्ने काम नियमितरूपमा हुँदै आएको छ ।

केन्द्रले रेशम कीरा पाल्ने र त्यसका लागि जनशक्तिसमेत व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । कृषकस्तरको र अधिकृतस्तरको रेशम कीरापालनसम्बन्धी सात दिने, १५ दिने ३५ दिने तालीम समेत सञ्चालन गरिन्छ । वर्षमा दुई/तीन वटा तालीम सञ्चालन भइरहेको भट्टराईको भनाइ छ । रासस