२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै



अ+ अ-

कपिलवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालीम लिँदै छु ।” बुटिक तालीम लिएपछि उहाँले यसै पेशालाई व्यावसायिक बनाउने बताउनुभयो ।

स्टोमाफाउण्डेसन, किर्डाक नेपाल र नगरपालिकाको सहयोगमा नगरस्तरीय आपाङ्गता पुनःस्थापन समितिले आयोजना गरेको दुई महीने बुटिक तालिममा १० जना अपाङ्ग किशोरी सहभागी भएका छन् । हातमा सीप नभएकै कारण अहिले धेरै किशोरी बेरोजगार रहेको उल्लेख गर्दै समितिका अध्यक्ष दीपक खड्काले भन्नुभयो, “यो सीपलाई व्यावसायिक बनाउन सके राम्रो कमाइको बाटो हुन सक्छ ।

तालीममा सहभागीहरूले दैनिक जीवनमा आइपर्ने घरेलु समस्या समाधान गर्न यसै पेशालाई व्यावसायिक रूप दिन सकिने बताए । घरमै बसेर स्वरोजगारको रूपमा बुटिक पेशालाई अगाडि बढाउन सकिने उनीहरूले बताए । गत मङ्सिर १० गतेदेखि बुटिक तालीम शुरु भएको हो । रासस