२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारमा सुविधाभाेगी मन्त्रीकाे लस्कर, करोडौं मूल्यका गाडीका साैखिन



अ+ अ-

काठमाडौ । कम्युनिष्ट सरकार मन्त्रीहरु भने करोडौका गाडीमा चढेको तथ्य फेला परेको छ । नयाँ पत्रिका दैनिकका अनुसार रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाबाट प्राप्त करिब २ करोड पर्ने टोयोटाको ल्यान्डक्रुजर, मन्त्रालयबाट प्राप्त करिब पचास लाखको स्कारपियो र गृह मन्त्रालयले दिएको लाखौको एउटा कार प्रयोग गर्दै आएको बुझिएको छ ।
यस्तै गृहमन्त्री राम बहादुर थापा एक करोड ५५ लाख पर्ने मिन्सुबिसी पजेरो चड्छन् भने स्वास्थ्यमन्त्री उपेन्द्र यादब पनि कुनै मन्त्री भन्दा कम नभई करिब २ करोडको गाडी चढेका छन् ।
कानुनमन्त्री भानुभक्त ढकाल टोयोटा कम्पनिको करोडौ पर्ने गाडीमा चढ्ने गरेको नयाँ पत्रिकाले समाचार लेखेको छ । अर्थमन्त्री युवराज खतिवडा एक करोड बराबरको निसान एक्स–ट्रायल कम्पनिको गाडी चढ्दै आएका छन् । बनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र सञ्चारमन्त्री गुकुल बास्कोटा पनि कुनै मन्त्री भन्दा कम भने छैनन् उनले चढ्ने गाडी पनि ल्याडक्रुजर प्राडो चढ्दै आएका छन् । @नयाँ पत्रिका