४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै, बार्सा र म्याड्रिड भन्दा कम छैन मनाङ

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै, बार्सा र म्याड्रिड भन्दा कम छैन मनाङ
अ+ अ-


काठमाडौँ । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भन्नुभयो, “उपाधि लगभग सुरक्षित गरिसकेका छौँ । तर हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेको तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।” “हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस जस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्नेछौँ”–उहाँले भन्नुभयो ।

“म मेरा खेलाडीलाई विश्वास गर्छु, खेलाडीहरुले मनबाट खेलिरहेका छन्” प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “खेलाडीकै कारण यहाँसम्म आएका छौँ । कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन् ।”

मनाङले अब ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाबाहेक दुवै कलब तुलनात्मकरुपमा कमजोर टोली हुन् ।

लिगको इतिहासमा बिनापराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुले बताउनुभयो । “नेपालमा लिग फुटबल शुरु भएको भएको करिब ६४ वर्ष पुग्न लाग्यो । तर यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन”– लिग निर्देशक सञ्जीव मिश्रले भन्नुभयो ।

मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लागातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुयभो, ‘‘फुटबलको क्षेत्रमा लागेको ३०/३५ वर्ष भयो, तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन ।”

‘रेलिगेशन र ननरेलिगेशन लिगको तुलना हुँदैन’ पूर्व अध्यक्ष थापा

यसैबीच राष्ट्रिय खेलाडी हुँदै २० वर्ष अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को नेतृत्व गर्नुभएको गणेश थापाले ‘बिनारेलिगेन र रेलिगेशसनलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताउनुभयो ।

रासससँग कुरा गर्दै पूर्व अध्यक्ष थापाले करिब चार वर्षपछि लिग भएको रेलिगेशन नहुने लिग भएपछि धेरै क्लबहरुले खेलाडीमाथि पर्याप्त लागनी नगरेकाले लिगको रौनकता घटेको प्रक्रिया दिनुभयो ।

मनाङले १० वटा खेल लगातार जित्नु सकारात्मक कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “रेलिगेशनको लिग भएको भए सबै क्लबहरुले अलि बढी लगानी गर्र्थे, राम्रा खेडालीबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो भएको छैन ।”बिना रेलिगेनशनको लिग हुँदा दर्शकको उपस्थित समेत न्युन भएको र लिगप्रति दर्शकको चासो कम भएको थापाको भनाइ छ ।

कति पय क्लबहरुले खेल्नैका लागि मात्र टोली बनाएकाले पनि मनाङले यो सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।

पूर्व अध्यक्ष थापाले पुरस्कार राशिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । “मेरो पालामा सात करोडको बजेट हुँदा लिग विजेतालाई रु ७५ लाख दिएका थियौँ, अहिले रु ४० करोडको बजेट हुँदा लिग विजेताले रु ५० लाख मात्र पाउँदै छ ।”

लिगको तीन खेल बाँकी रहँदा मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको सङ्कटा फुटबल क्लबभन्दा पाँच अङ्कले अघि छ ।

तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराउनुभयो । २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।