४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा

कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा
अ+ अ-

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका—४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् ।

यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् ।

दफक गीत विशेषगरी मङ्सिरदेखि फागुन महीनासम्म गाउने गरिन्छ । ‘‘थारु समुदायले यतिबेला लल्ला, धुमरु, फाग, वनगित्वा गाउने गर्दछन्’’—लक्ष्मणपुरका सर्जु थारुको भनाइ छ । प्रत्येक साँझ खाना खाइसकेपछि आगो ताप्दै, वरिपरी बसेर घरमै पारेको रक्सी पिउँदै दफक गीत गाउने गरिन्छ ।

दफक गीतमा विशेषगरी समाज सुधारको सन्देश र माया प्रेम, घरखेतका काम गर्ने तरिका, सुखदुःखका कुरालगायत सृष्टिका कुरा समेटिएको हुन्छ । ‘थारु पूर्खा आप्mनो मौलिक संस्कृतिमा पहिले निकै सम्पन्न थिए ।

प्रत्येक दिन नाचगान गरी रमाइलो गर्ने, ऋतुअनुसारको गीत गाउने नाच्ने गर्थे । पश्चिमी सभ्यताले चाप्दै गएपछि सो समुदायका अहिलेका पुस्तामा सायदै आप्mनो मौलिक संस्कृति थाहा होला’, सर्जु थारुले दुःख व्यक्त गर्नुभयो ।

मौलिक कला, संस्कृतिका धनी थारु समुदायका सांस्कृतिक प्रस्तुत आजभोलि मेला, महोत्सवमा मात्र देखिने गरेको छ । विकासको क्रमसँगै आधुनिक गीत सङ्गीतमा रमाउने चलनका कारण थारु समुदायको दफक गीतलगायत मौलिक कला संस्कृति विस्तारै सङ्कटमा पर्न थालेको छ ।

यिनै कुरालाई दृष्टिगत गरी बर्दिया बाँसगढीका थारु समुदायका अगुवा दफक गीतलगायत आप्mनो कला संस्कृतिको संरक्षणमा जुटेका छन् । ‘‘पुराना गीत सङ्गीत हाम्रो पहिचान हो, पूर्खाले दिएको सङ्गीतको यी उपहारलाई हामीले जोगाउनुपर्छ, नभए थारु समुदायको अस्तित्व नै सङ्कटमा पर्न सक्छ’’ स्थानीय समाजसेवी माधव थारुले बताउनुभयो । रासस