२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा



अ+ अ-

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका—४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् ।

यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् ।

दफक गीत विशेषगरी मङ्सिरदेखि फागुन महीनासम्म गाउने गरिन्छ । ‘‘थारु समुदायले यतिबेला लल्ला, धुमरु, फाग, वनगित्वा गाउने गर्दछन्’’—लक्ष्मणपुरका सर्जु थारुको भनाइ छ । प्रत्येक साँझ खाना खाइसकेपछि आगो ताप्दै, वरिपरी बसेर घरमै पारेको रक्सी पिउँदै दफक गीत गाउने गरिन्छ ।

दफक गीतमा विशेषगरी समाज सुधारको सन्देश र माया प्रेम, घरखेतका काम गर्ने तरिका, सुखदुःखका कुरालगायत सृष्टिका कुरा समेटिएको हुन्छ । ‘थारु पूर्खा आप्mनो मौलिक संस्कृतिमा पहिले निकै सम्पन्न थिए ।

प्रत्येक दिन नाचगान गरी रमाइलो गर्ने, ऋतुअनुसारको गीत गाउने नाच्ने गर्थे । पश्चिमी सभ्यताले चाप्दै गएपछि सो समुदायका अहिलेका पुस्तामा सायदै आप्mनो मौलिक संस्कृति थाहा होला’, सर्जु थारुले दुःख व्यक्त गर्नुभयो ।

मौलिक कला, संस्कृतिका धनी थारु समुदायका सांस्कृतिक प्रस्तुत आजभोलि मेला, महोत्सवमा मात्र देखिने गरेको छ । विकासको क्रमसँगै आधुनिक गीत सङ्गीतमा रमाउने चलनका कारण थारु समुदायको दफक गीतलगायत मौलिक कला संस्कृति विस्तारै सङ्कटमा पर्न थालेको छ ।

यिनै कुरालाई दृष्टिगत गरी बर्दिया बाँसगढीका थारु समुदायका अगुवा दफक गीतलगायत आप्mनो कला संस्कृतिको संरक्षणमा जुटेका छन् । ‘‘पुराना गीत सङ्गीत हाम्रो पहिचान हो, पूर्खाले दिएको सङ्गीतको यी उपहारलाई हामीले जोगाउनुपर्छ, नभए थारु समुदायको अस्तित्व नै सङ्कटमा पर्न सक्छ’’ स्थानीय समाजसेवी माधव थारुले बताउनुभयो । रासस