५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

घाँस खेतीबाट दाम र नाम दुबै

घाँस खेतीबाट दाम र नाम दुबै
अ+ अ-

दमौली । उमेरले ७० कटेर बुढ्यौली लागे पनि तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनालको जोसमा भने अझै बुढ्यौलीपन देखिँदैन । यो बेलाको उमेर आराम गर्ने भए पनि उहाँमा अझै पनि युवाको झँै जोसजाँगर कायमै रहेको प्रस्ट देखिन्छ ।

विसं २०५४ देखि घाँसखेती शुरु गर्नुभएका उहाँ बिहानै ७ देखि साँझ ६/७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिनुहुन्छ । घाँस खेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल हुनुभएको छ । कुनै समय वर्षभरिको कमाइले चार महीना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहनुभएका खनालले घाँस बेचेरै वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले यो वर्षको साउन महीनामा मात्रै रु १२ लाखको घाँस बिक्री गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “२०७४ सालमा पनि रु १२ लाखको घाँस बिक्री गरेँ, २०७३ सालमा भने रु २२ लाखको घाँस बेचेको थिएँ ।” आफूले लगाएको घाँस कृषकले देशैभर फैलाइसकेकाले अहिले बिस्तारै आम्दानी भने घट्दै गएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको घाँस अहिले देशका थुप्रै जिल्लामा पुगिसकेको छ, जसले गर्दा पहिले जस्तो मेरोबाट घाँस बिक्री हुँदैन तर मेरो प्रचार भने थुप्रै जिल्लामा भइसकेको छ ।” उहाँले घाँस खेतीबाटै आफू परिचित हुन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँका अनुसार अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायत ठाउँका कृषकले आफूले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । “बेला–बेलामा जिल्ला–जिल्लामा घुम्न जान्छु, आफूले उत्पादन गरेको घाँस विस्तार भएको देख्दा खुशी लाग्छ,” उहाँले भन्नुभयो । उहाँले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायत घाँस खेती गरिरहनुभएको छ । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी रु तीन हजार र पाखो बारीको प्रतिरोपनी रु दुई हजार वार्षिक भाडा तिर्ने उहाँले जानकारी दिनुभयो ।

खनालले घाँस खेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरीद गर्नुभएको छ । पोखरा, बागलुङ, स्याङ्जालगायत ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँलाई घाँस खेतीमा तीन जना छोराले समेत सहयोग गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोराहरूलाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनु पर्दैन ।” आफ्नो ठाउँअनुसारको काम गरे कसैले पनि बेरोजगार भएर बस्न नपर्ने उहाँले बताउनुभयो ।

भौगोलिक अवस्था हेरेर जहाँ–जहाँ जे सम्भावना छ, त्यही पेशा गरे आत्मनिर्भर बन्न सकिने उहाँको अनुभव छ । उहाँ थप्नुहुन्छ, “बाख्रापालन हुने ठाउँमा बाख्रा पाल्ने, माछापालन हुने ठाउँमा माछा पाल्नुपर्छ । मेरोमा चाहिँ घाँस खेतीको सम्भावना थियो, मैले त्यसैलाई अगाडि बढाएँ ।”

तीन वटा बेर्नाबाट शुरु भएको घाँसखेती

जिल्ला पशु सेवा कार्यालय तनहुँका तत्कालीन पशु सेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा २०५४ सालमा पशु सेवा फार्म पोखरामा एकहप्ते तालीममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाका रूपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि पर्नुभएको थियो ।

एकहप्ते घाँस बाली तालीमबाट घर फर्कंदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँस खेती शुरु गर्नुभएका उहाँको पाखो बारी अहिले हरियाली नर्सरीका रूपमा परिणत भएको छ । कुनै पनि सरकारी एवं गैरसरकारी कार्यालयद्वारा सञ्चालित तालीमको उपलब्धि भनेको व्यक्तिको सामाजिक जीवनस्तरमा सुधार ल्याउनु हो । सामाजिक कार्यमा जनसहभागिता बढाई समाजका आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा सुधार ल्याउने साथै व्यक्तिको सकारात्मक सोचको विकास गराउनु हो ।

जिल्ला पशु सेवा कार्यालय तनहुँले खनाललाई तालीममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उहाँको आफ्नै अथक मिहिनेत र परिश्रमले गर्दा उहाँ आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात हुनुभएको छ । शुरु–शुरुका वर्षमा खनालले घाँसका बिरुवामा मलजल गर्दा काम नपाएर झारमा मल हाल्ने र गोड्ने गरेको भनेर जिस्क्याउने उहाँका छिमेकी आजभोलि दङ्ग परेका छन् । खनालले सरकारबाट राष्ट्रियस्तरको उत्कृष्ट कृषक पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । रासस