५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिका अनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ ।

गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मान्मबजार सरसफाइ गरेर श्रम दिन मनाउनुभएको छ । राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितले सरसफाइसँगै वृद्धलाई फलफूल वितरण गरेर श्रम दिन मनाउनुभएको छ ।

प्रवक्ता केसी नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिवमन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी, सोही वडामा रहेको प्रशान्ति वृद्धाश्रमका १३ जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले हरेक महीनामा दुई दिन श्रम दिवस मनाउँदै आइरहेको छ । गुरुङ जातिको तमु ल्होसारमा परेको आजको श्रम दिनमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, प्रमुख सचिव रामप्रसाद थपलिया, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीलगायत सरकारी अधिकारी तथा कर्मचारी, स्थानीय समुदाय र पत्रकारको सहभागिता रहेको थियो । रासस