१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिका अनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ ।

गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मान्मबजार सरसफाइ गरेर श्रम दिन मनाउनुभएको छ । राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितले सरसफाइसँगै वृद्धलाई फलफूल वितरण गरेर श्रम दिन मनाउनुभएको छ ।

प्रवक्ता केसी नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिवमन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी, सोही वडामा रहेको प्रशान्ति वृद्धाश्रमका १३ जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले हरेक महीनामा दुई दिन श्रम दिवस मनाउँदै आइरहेको छ । गुरुङ जातिको तमु ल्होसारमा परेको आजको श्रम दिनमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, प्रमुख सचिव रामप्रसाद थपलिया, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीलगायत सरकारी अधिकारी तथा कर्मचारी, स्थानीय समुदाय र पत्रकारको सहभागिता रहेको थियो । रासस