५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कर्मचारीले भर्न थाले अनलाइनबाट समायोजन फारम, आन्दोलनमा जान्छौ : ट्रेड युनियन

कर्मचारीले भर्न थाले अनलाइनबाट समायोजन फारम, आन्दोलनमा जान्छौ : ट्रेड युनियन
अ+ अ-

काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने निर्णय गरेसँगै कर्मचारीले अनलाइनबाटै फारम भर्न सुरू गरेका छन्।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सूचना निकालेको २१ दिनभित्र अनलाइनबाटै आवेदन दिन आग्रह गरेको थियो ।

मन्त्रालयका अनुसार हालसम्म एक हजार चार सय बढी कर्मचारीले फारम भरिसकेको जानकारी दिए। सफ्टवयरले काम गरेको खण्डमा माघ १५ भित्रै तीनै तहमा कर्मचारी पदपूर्ति गरि सक्ने मन्त्रालयले जनाएको छ ।

तर तिनै तहमा समायोजन हुने कर्मचारी संघ, संगठनहरूले अध्यादेशको व्यवस्था विभेदकारी भन्दै आन्दोलन जाने चेतावनी यसअघि  नै दिसकेका छन्। विभेदकारी समायोजनको खारेजिको माग गर्दे निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले पनि विज्ञप्ति जारी गर्दै अध्यादेशका कमजोरी हटाउन आग्रह गरेको छ।

तीनै तहमा कर्मचारी पदपूर्ति गर्न मन्त्रीपरिषदबाट दरबन्दी स्वीकृत पनि भइसकेको छ। केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो। निजामति सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद सचिवालय सम्वन्धी ऐन २०६४ बमोजिम गठन भएका सेवाका सरकारी सेवाका कर्मचारी र अन्य स्थानीय निकायबाट नियुक्ति पाएका हाल स्थानीय तहमा काम गर्ने कर्मचारी समायोजनमा भाग लिँदैछन्।

समायोजन हुन नचाहने ९ हजार ६ सय ५६ जना कर्मचारीले स्वेच्छिक अवकासमा जान निवेदन दिएका थिए। अनिवार्य अवकाश हुन एक वर्षभन्दा कम अवधि बाँकी रहेका कर्मचारीहरु समायोजन प्रक्रियामा सहभागी नभए पनि पाउँछन्।