५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नयाँ स्वास्थ्य नीति ल्याउछु–उपप्रम यादव

नयाँ स्वास्थ्य नीति ल्याउछु–उपप्रम यादव
अ+ अ-

वीरगञ्ज । उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ ।

सङ्घीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “उतm नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।” उहाँले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको बताउनुभयो ।

सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिनुभयो ।

नेपालको भविष्य सङ्घीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड छ ।

उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताउनुभयो ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री यादवले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । राजपासँगको पार्टी एकताबारे सोधिएको प्रश्नमा उहाँले राजपाको समस्या भनेको छ जना अध्यक्ष भएकाले एकरुपताको निर्णय गर्न सकिरहेका छैनन्, खुट्टा तानातानको अवस्था रहेकाले एकताको कुरा अगाडि बढ्न नसकेको बताउनुभयो ।
रासस