५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

माघी महोत्सव हुने

माघी महोत्सव हुने
अ+ अ-

विराटनगर । थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तिको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गरिने बताउनुभयो । विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको कक्ष रहने पत्रकार सम्मेलनमा बताइएको छ ।
महोत्सवमा थारु जातिको वेशभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गरिने सभाका अध्यक्ष प्रदीपभगत थारुले बताउनुभयो । महोत्सवमा थारु जातिको लोप हुन लागेको आगो ताप्ने चुलोे, वर्षी, धान राख्ने भकारी, मौडा, कोठीलगायत सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

थारु समुदायका देशभरि बेग्लै वेशभूषा र रहनसहन हुने गर्दछ । त्यही वेशभूषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृत्तचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ । थारु जातिको वेषभूषा, पहिरन, गरगहना, लवाइखवाइ, मौलिक खाना र हस्तकलाको प्रदर्शनबाट प्रदेश नं १ का थारु जातिबीच अपनत्वभाव वृद्धि गर्न तथा सांस्कृतिक महत्व र आन्तरिक पर्यटनको वृद्धिका लागि महोत्सव गर्न लागिएको बताइएको छ । प्रदर्शनीमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
रासस