५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

वाइडबडीमा अनियमितता भएको संसदीय उपसमितिको ठहर, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

वाइडबडीमा अनियमितता भएको संसदीय उपसमितिको ठहर, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी
अ+ अ-

काठमाडौं । संसदीय उपसमितिले वाइडबडी बिमान खरिद गर्दा चरम अनियमितता भएको ठहर गरेको छ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन सो कुरा उल्लेख गरेको हो ।

सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन अनुसार बिमानको पार्टपुर्जामा पनि अनियमितता भएको जनाएको छ ।
छानबिन गर्न गठित टोलिले पाएको १५ दिनको समयसीमा नै उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । प्रतिवेदनलाई अन्तिम रुप दिएको र चाडै लेखा समितिमा बुझाइने समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

केसीका अनुसार अब बस्ने बैठकमा लेखा समितिले तयार पारेको प्रतिवेदन बुझाउने छ । सांसद केसीको भनाईलाई आधार मान्दा जहाज खरिद प्रकरणमा अनियमितता भएको उपसमितिले ठहर गरे कुरा बुझिन्छ । उपसमितिले विभागीय मन्त्री, सचिव, वायुसेवा निगमका अधिकारी, पूर्वमन्त्री साथै महालेखा परीक्षकको कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेको थियो ।

समितिकै सदस्य एवं नेकपा सांसद प्रेम आलेले जहाज खरिद प्रकरणमा अनियमितता भएको छैन भन्न सकिने ठाउँ कहिकतै नभेटिएको बताए ।