५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नेपाल प्रहरीले नसके ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’बाट भएपनि निर्मलाका हत्यारा खोज्छु :प्रधानमन्त्री

नेपाल प्रहरीले नसके  ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’बाट भएपनि निर्मलाका हत्यारा खोज्छु :प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाने उल्लेख गरेका छन् । उनले ढिलो चाढो जे भएपनि पन्तका हत्यारा आफ्नै कार्यकालमा समातिने जनाएका हुन् । प्रधानमन्त्री ओलीले यस्तो वचन नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

हालसम्म नेपाल प्रहरी नै उक्त घटनाको छानबिन गर्न सक्षम भएकाले अहिलेसम्म आफु चुप बसेको प्रधानमन्त्री ओलीले बताएको नेकपाका सदस्यहरुले जानकारी दिएका छन् । अब नेपाल प्रहरीले दोषि पत्ता नलगाए अन्तरराष्ट्रिय अनुसन्धानकर्ता बाटै भएपनि पत्ता लगाएर छाड्ने प्रधानमन्त्रीको वचन रहेको सदस्यहरुको भनाई थियो।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन सकेको छैन् । नेपाल प्रहरी सहित दजनौको संख्यामा छानबिन टोलि गठन भएपनि हालसम्म सबै छानबिनमा असक्षम ठहरिएको छ । दोषिलाई संरक्षण गरेको छ र प्रहरी प्रशासनमाथि धेरै दवाब दिएको भन्दै चर्को आलोचना सरकारले खेप्दै आएको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेकपाका सदस्यहरुले जनाएका छन् ।