१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको सुनुवाई प्रभावित, अब जबराको बाँकी जवाफ पर्सि



अ+ अ-

काठमाडौं । कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई प्रभावित भएको छ । विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाई चलिरहदा कर्मचारीहरुको आन्दोलन चलेपछि सुनुवाईमा बाधा पुगेको हो ।

सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशलाई आइतबार दिउँसो २ बजे बोलाइएको थियो ।

बैठकको सुरुमै जबराले १५ बुँदे कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरुले प्रश्नहरु राख्ने क्रम थियो । ४ बजे सुनुवाइ सकिने भएपनि सांसदहरुले सुनुवाई प्रक्रिया जारी राख्ने सहमति जुटाएका थिए । सुनुवाई समितिका सभापति कर्णका अनुसार कर्मचारीहरुको आन्दोलनका कारण यो सम्भव नभएको हो ।

भोलि मेलमिलाप दिवसको कार्यक्रममा भएकाले अब बाँकी छलफल पर्सि ११ बजेलाई बैठक राखिएको छ । जबराले पर्सि पनि जवाफ दिने समितिले जनाएको छ ।