५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मेयरकप जिम्न्याष्टिक प्रतियोगिताको उपाधि एसओएसलाई

मेयरकप जिम्न्याष्टिक प्रतियोगिताको उपाधि एसओएसलाई
अ+ अ-

भक्तपुर । ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको ‘प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय ‘मेयरकप जिम्न्याष्टिक प्रतियोगिता–२०७५’ को उपाधि एसओएस हर्मन माइनर स्कूल सानोठिमीले हात पारेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक तथा शारीरिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन स्कूल मध्यपुर थिमि दोस्रो, नवरत्न इंगलिस स्कूल दुईपोखरी तेश्रो र सूर्यविनायक नगरपालिका ४ स्थित शंखधर मेमोरियल स्कूलले सान्त्वना पुरस्कार प्राप्त थियो ।

विभिन्न चार समूहमा खेलाईएको सो प्रतियोगितामा उक्त नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले प्रत्येक समूहका प्रथम दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु ५ हजार, रु ३ हजार, रु २ हजारका साथै पदक एवं प्रमाणपत्र प्रदान गरे ।

उहाँले ऐतिहासिक एवं साँस्कृतिक यस नगरलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेल खेलाडीहरुको नगर समेत भनेर चिनाउन नगरपालिका लागिरहेको बताए ।

भक्तपुर जिल्लाका २० विद्यालयका एकसय भन्दा बढी विद्यार्थी प्रतिस्पर्धी रहेको ओस्लाका कार्यक्रम संयोजक एवं राष्ट्रिय जिम्न्यास्टिक खेलाडी विजेन्द्र श्रेष्ठले जानकारी दिए ।