१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरकप जिम्न्याष्टिक प्रतियोगिताको उपाधि एसओएसलाई



अ+ अ-

भक्तपुर । ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको ‘प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय ‘मेयरकप जिम्न्याष्टिक प्रतियोगिता–२०७५’ को उपाधि एसओएस हर्मन माइनर स्कूल सानोठिमीले हात पारेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक तथा शारीरिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन स्कूल मध्यपुर थिमि दोस्रो, नवरत्न इंगलिस स्कूल दुईपोखरी तेश्रो र सूर्यविनायक नगरपालिका ४ स्थित शंखधर मेमोरियल स्कूलले सान्त्वना पुरस्कार प्राप्त थियो ।

विभिन्न चार समूहमा खेलाईएको सो प्रतियोगितामा उक्त नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले प्रत्येक समूहका प्रथम दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु ५ हजार, रु ३ हजार, रु २ हजारका साथै पदक एवं प्रमाणपत्र प्रदान गरे ।

उहाँले ऐतिहासिक एवं साँस्कृतिक यस नगरलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेल खेलाडीहरुको नगर समेत भनेर चिनाउन नगरपालिका लागिरहेको बताए ।

भक्तपुर जिल्लाका २० विद्यालयका एकसय भन्दा बढी विद्यार्थी प्रतिस्पर्धी रहेको ओस्लाका कार्यक्रम संयोजक एवं राष्ट्रिय जिम्न्यास्टिक खेलाडी विजेन्द्र श्रेष्ठले जानकारी दिए ।