५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘गुरु पत्रकार’को चौरासी जमघट

‘गुरु पत्रकार’को चौरासी जमघट
अ+ अ-

काठमाडौँ । नेपालका अग्रज पत्रकारमध्येका एक गोकुलप्रसाद पोखरेलले एक हजार पूर्णचन्द्र दर्शन गरेका अवसरमा उहाँको परिवारबाट आज विशेष कार्यक्रम आयोजना गरिएको छ । समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत पत्रकारिता क्षेत्रका विशिष्ट महानुभावले पोखरेल दम्पतीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्नुभयो ।

सो अवसरमा गुरु पत्रकार पोखरेलले आफूजस्तैे सबैले एक हजार पूर्णचन्द्र देख्न पाऊन् भन्ने कामना गरिरहेको बताउनुभयो । पोखरेल ‘गोरखापत्र’का प्रधानसम्पादक हुँदा ‘गोरखापत्र’ प्रवेश गरेका वरिष्ठ पत्रकार धुवहरि अधिकारीले उहाँलाई वरिष्ठ पत्रकार मात्र भनेर नपुग्ने बताउँदै उहाँलाई गुरु पत्रकारको संज्ञा दिनुभयो ।

पोखरेल विसं २०१९ मा राष्ट्रिय समाचार समितिको प्रधानसम्पादक र त्यसपछि कामु महाप्रबन्धक रहनुभयो । त्यसपछि ‘द राइजिङ नेपाल’ तथा ‘गोरखापत्र’ दैनिकको एशोसियट एडिटर हुँदै पोखरेलले २०३६ सालपछिका चार वर्षसम्म ‘गोरखापत्र’ दैनिकको प्रधानसम्पादक भई काम गर्नुभएको थियो ।

पत्रकारलाई तालीम दिने संस्था नेपाल प्रेस इन्स्टिच्यूटका संस्थापक सदस्य र अध्यक्षसमेत रहनुभएका पोखरेल केही समय ‘मुना’ नेपाली पत्रिकाको प्रधानसम्पादकसमेत रहनुभयो । वृद्ध उमेरमा ती जिम्मेवारीबाट अलग रहँदा पनि उहाँ मिडिया परामर्शदाताका रुपमा क्रियाशील रहनुभएको छ । उहाँलाई शुभकामना व्यक्त गर्न राससका कार्यकारी अध्यक्ष श्यामल तथा महाप्रबन्धक ओपेन्द्र शर्मा पनि समारोहमा पुग्नुभएको थियो ।
रासस