काठमाडौं। समायोजनसम्बन्धी निजामती कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकार लचक भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच छलफल भएको थियो । मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारीले उठाएको माग सम्बोधन गर्ने जानकारी दिएको खबर नयाँ पत्रिकामा छापेको छ।
।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले समायोजनसँग सम्बन्धित जटिलता र अन्योल हटाउनेबारे आइतबार छलफल भएको बताए । कर्मचारीहरूले अध्यादेशमा देखिएका अन्योल र जटिलता प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न माग गरेका थिए । यस्तै, वृत्तिविकासलगायतका सुविधा संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने बताएका थिए ।
सचिव थपलियाले मागका सन्दर्भमा विभागीय मन्त्री र आवश्यकतानुसार प्रधानमन्त्रीसँग समेत छलफल गरेर पुनः वार्तामा बस्ने जानकारी दिए ।