१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको सुनुवाइ मंगलबार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाइ मंगलबारसम्मका लागि सरेको छ ।
संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले नमानेपछि सुनुवाइ मंगलबार सरेको हो ।

सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले उपस्थित हुन नसक्ने बताएपछि मंगलबारका लागि मिति तय भएको हो । सुनुवाइमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश राणालाई उजुरी र उहाँले राखेको अवधारणामा प्रश्न मात्र राख्नुभएको थियो ।

‘अदालतको जनआस्था बढाउँदै छरितो रुपमा न्याय सम्पादन गराउँछु ’

सुनुवाइको सुरुमा राणाले आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित प्रधानन्यायाधीश जवराले अदालतमा हुने भ्रष्टाचार, विचौलिया ,न्यायाधीशहरूकोउजुरी छानबिन, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाही र अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

उहाँले अदालतको जनआस्था बढाउँदै छिटो र छरितो रुपमा न्याय सम्पादन गर्ने बताउनुभयो ।

जबराको योजनामाथि प्रश्न उठाउँदै सांसदहरूले कार्यान्वयनको खाका माग गरेका थिए । भोलि मंगलबार हुने सुनुवाइमा राणाले संसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।