५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

यसरी हुन्छ समाजमा अनैतिक सम्बन्ध, बार्गेनिङ्ग र हत्या

यसरी हुन्छ समाजमा अनैतिक सम्बन्ध, बार्गेनिङ्ग र हत्या
अ+ अ-

काठमाडौं । जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ।

महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्‍यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक यौन सम्बन्धमा रहेका उनीहरूसँग बेचुले बार्गेनिङ थाले।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार बेचुले जितनी देवीसँग बार्गेनिङ सुरु गरे। आफूसँग यौन सम्पर्क राख्न बेचुले जितनीमाथि दवाब बढाउन थाले। प्रस्ताव नस्वीकारे गाउँलेलाई भनिदिने भन्दै बेचुले ती महिलालाई धम्की दिन पनि भ्याए।

आफूहरूको क्रियाकलाप बेचुले देखेको र उनले राखेको यौन प्रस्तावबारे जितनीले आफ्ना प्रेमी सुशीललाई सुनाइन्। सुशीलले बेचुलाई उखुबारीमा बोलाएर हत्या गर्ने योजना बुने। उनको हत्या गर्न आफ्नै साथीहरूलाई परिचालन गर्ने चाँजोपाँजो मिलाए।

यता जितनीले सुशील र आफ्नो बीचको अनैतिक सम्बन्ध नखुलाउने सर्तमा बेचुको यौन प्रस्ताव स्वीकारेको नाटक गरिन्। फोन गरेर गएको मंसिर २५ गते राती १० बजे जितनीले गाउँ नजिकैको उखुबारीमा उनलाई बोलाए।

बेचु आउने बाटो ढुकेर जितनीका प्रेमी सुशीलले आफ्ना साथीसहित कुरेर बसे र जितनीसँग यौनतृष्णा मेटाउन गएका उनी सुशील र जितनीले बुनेको जालमा फसे।

जितनी, सुशील र उनका सहपाठीले बेचुको घाँटी गम्छाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। उनको शव उखुबारीमै फालेर प्रेमी—प्रेमिका र उनीहरूका साथीहरू फरार भए।

घटना स्थलभन्दा २० मिटरपर भेटिएको मास्क र टोपीबाट इलाका प्रहरी कार्यालय गौशालाले अनुसन्धान थाल्यो। इप्रका गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बेचुले जितनीलाई बार्गेनिङ गरेर यौन प्रस्ताव राखेको कुरा गाउँमा गाइगुईं हल्ला चल्यो। त्यसपछि प्रहरीले जितनीलाई घटना घटेको दिनै पक्राउ गर्‍यो।

जितनीलाई प्रहरीले केरकार गरेपछि उनले बेचुको हत्याबारे खुलाइन्। त्यसपछि उनका प्रेमी सुशीललाई प्रहरीले गत मंसिर २६ गते नियन्त्रणमा लियो।

प्रहरीको अनुसन्धानले आफूहरूको सम्बन्ध खुल्ने डरले जितनी र सुशीलले एक समूह बनाएर बेचुको हत्या गरेको खुलेको छ।

बेचुको हत्यामा संलग्न भएको आरोपमा प्रेमी प्रेमिका सहित उनीहरूका सहपाठीहरू चेकपटका २२ वर्षीय अनिल कुमार ठाकुर, २४ वर्षीय बौका भनिने मंजित सादा र २४ वर्षीय सुनिल सादालाई प्रहरीले पक्राउ परेको छ। घटनामा संलग्न दुईजना अझै फरार छन्। पक्राउ पर्नेहरूमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको समाचार अन्नपूर्ण पोष्टमा छ ।

जितनी देवीका श्रीमान् काठमाडौंमा मजदुरी गर्दै आएका छन्। उनका पाँच वर्षका छोरा छन्। जितनी ६ महिनाको गर्भवती छन्।

सुशील पनि विवाहित हुन्। उनको पनि सन्तान छन्। सुशील र जितनीबीच ५—६ महिनादेखि यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

घटना पश्चात प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। घटनाको प्रकृति र स्थानीय तथा सरोकारवालाहरूसँग घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा जितनी देवीबारे केही कुरा बाहिरिएपछि प्रहरी उनीमाथी केन्द्रित भएको थियो।