५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

शेख हसिनाको ह्याट्रिक

शेख हसिनाको ह्याट्रिक
अ+ अ-

ढाका । बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा सत्तारूढ अवामी लिग पार्टीले लगातार तेस्रोपटक भारी बहुमतसहितको जित हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिना पुनस् प्रधानमन्त्री हुने भएकी छिन् ।

विपक्षी दल उनकी प्रतिद्वन्द्वी खालिदा जिया भ्रष्टाचारको मुद्दामा जेल सयाज काटिरहेकी छन्। सरकार गठनका लागि १ सय ५१ सिटको आवश्यकता पर्ने भए पनि हसिनाको दलले २८८ स्थानमा जित हासिल गरेको छ। बंगलादेशको संसद्मा ३ सय सांसद निर्वाचित हुने प्रावधान छ।

निर्वाचनको क्रममा भएका झडपमा परी कम्तीमा १७ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ३ जना प्रहरीको गोली लागि मारिएका हुन्। अन्यको सत्तारूढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० कार्यकर्ताबीच भएका झडपमा मृत्यु भएको हो। चुनावी अभियानका क्रममा पटकपटक वर्तमान प्रधानमन्त्री शेख हसिनाको अवामी लिग र बीएनपी कार्यकर्ताबीच झडपहरू भएका थिए।

गरिब एसियाली अर्थतन्त्रको सुदृढीकरण गरेको तथा म्यान्मार रोहिंग्या समुदायमाथिको हिंसापछि विस्थापितलाई आश्रय दिएकोमा प्रशंसा गरिँदै आएको छ। तर उनले शक्तिको दुरुपयोग गर्दे विपक्षीमाथि रिसइबी साधेको तथा तानाशाही शैलीमा शासन गरेको आलोचकहरूको आरोप छ।

चुनाव निष्पक्ष नभएको दाबी
विपक्षीहरुले चुनावी अभियानका क्रममा आफ्ना करिब १५ हजार कार्यकर्तालाई थुनिएको बताएका छन् । ह्युमन राइट्स वाच तथा अन्य अन्तर्राष्ट्रिय समूहले चुनावमा विपक्षीले निर्बाध रूपमा मतदान गर्ने वातावरण नरहेको जनाएका छन् ।

अमेरिकाले चुनावको विश्वसनीयताप्रति गहिरो चासो व्यक्त भएको जनाएको छ । संयुक्त राष्ट्रसंघले निष्पक्ष चुनाव गर्न जोड दिए पनि त्यसो हुन नसकेको आशंका गरेको छ ।

‘यस चुनावलाई कुनै पनि हालतमा स्वतन्त्र र निष्पक्ष मान्न सकिन्न,’ नाम उल्लेख नगर्ने सर्तमा एक पश्चिमा देशका कूटनीतिज्ञले भने । चुनावका क्रममा १७ विपक्षी उम्मेदवार पक्राउ परेका छन् । १७ उम्मेदवारलाई चुनावमा प्रतिस्पर्धा गर्न अदालतले रोक लगाएको थियो । तर विपक्षीहरूले भने उक्त कदम सरकार नियन्त्रित भएको आरोप लगाएका छन् ।

यद्यपि, प्रधानमन्त्री हसिनाले चुनाव निष्पक्ष रहेको दाबी गर्दै अधिनायवाद लादेको विपक्षीको आरोप अस्वीकार गरिन् । सन् २०१४ को निर्वाचन विपक्षी दलले बहिष्कार गरेका कारण ७१ वर्षीया हसिना निर्बाध रूपमा प्रधानमन्त्री बन्न सफल भएकी थिइन् ।

उनले सन् २००९ को जनवरीयता लगातार शासन गर्दै आएकी छन् । विपक्षी नेता खालिदा जिया गत नोभेम्बरमा भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएकी थिइन् । जियाको दल बीएनपीले उनीमाथिको मुद्दा राजनीति प्रेरित रहेको बताउने गरेको छ । विपक्षीले चुनावमा सहभागी नहुने जनाएको थियो । एजेन्सी