• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

भारतमा बन्धक बनाइएका नेपाली ३ दिनपछि मुक्त



कैलाली । साझेदारी व्यवसायमा देखिएको मतभेदको रिस फेर्न अपहरण गरेका एक नेपाली अपहरणमुक्त भएका छन् । बझाङबाट अपहरण गरि भारत पुर्‍याइएका एक नेपाली ३ दिन पछि अपहरणमुक्त भएका हुन् ।

आफ्नै व्यबसायीक पाटनर रेहाना खाँबाट अपहरणमा परेका दुर्गाथली गाउँपालिका–४, बझाङका २६ वर्षीय धनराज जोशीमुक्तलाइ भारत उत्तर प्रदेशको खिरीस्थित पालियाकाबाट अपहरण मूकत बनाइएको हो ।

पालियाका ५० वर्षीय खाँसँगको साझेदारीमा स्काभेटर सञ्चालन गर्दै आएका जोशीलाई खाँले घुम्न जाने भन्दै पालिया पुर्‍याएका थिए । र मतभेदको रिस फेर्न जोशीलाई आफ्नै घरमा बन्धक बनाएर राखेका थिए ।

अपहरणमा परेका जोशीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको समन्वयमा सशस्त्र प्रहरीले आइतबार अपहरणमुक्त गराएको हो ।