५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

खानेपानी समस्या

खानेपानी समस्या
अ+ अ-


बैतडी । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो ।

करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उहाँको गुनासो थियो । पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताउनुभयोे ।
उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करवीरराम सार्कीले जानकारी दिनुभयो । दलित बालबालिका मात्रै अध्ययनरत सो विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन उहाँले भन्नुभयो, “विद्यालयमा पानी उपलब्ध गराउन नसक्दा पठनपाठनमा समेत बाधा पुगेको छ ।” सन्ताननब्बे बालबालिका अध्ययनरत उक्त विद्यालयमा पानीको अभावमा विद्यालय खाजा कार्यक्रमका साथै विद्यालयको सरसफाइमा समेत असर परेको प्रधानाध्यापक सार्कीले बताउनुभयो । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा स–साना बालबालिका पानीको अभाबले भौतारिने हुँदा धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

यस्तै पुर्चौडी नगरपालिका वडा ३ नकालीमा पनि खानेपानी अभाव भएको छ । हिउँद शुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या शुरु भएको स्थानीय कर्णबहादुर धाँमीले जानकारी दिनुभयो । हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो । गाउँमा दुईवटा कुवामात्रै भएको र त्यहाँको पानी स्थानीयवासीलाई नै नपुग्ने सोही स्थान निवासी अनिरुद्र जोशीले जानकारी दिनुभयो । वडा नं ३ मा देखिएको खानेपानी समस्या समाधान गर्न गत आर्थिक वर्षमा पुरचौँडी नगरपालिकाले रू तीन लाख ५० हजार उपलब्ध गराएको थियो ।

यसैगरी ठूलीगाड सिराड पन्तनकाली खानेपानी योजनाका लागि विनियोजन गरिएको रकम पनि पाइप खरीद र आधाजति पाइप विच्छयाउने काममात्रै भएको उहाँले बताउनुभयो । योजना अपुरो भएकाले खानेपानी उपलब्ध हुने स्थानीयवासीको आशा निराशामा परिणत भएको छ । यस्तै पानीको अभावमा विणेश्वर माविको शौचालय प्रयोग हुन सकेको छैन । यस्तै पानीको अभावमा स्थानीय प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवामा समेत समस्या भइरहेको बताइएको छ ।