५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सिंहदरबारकै कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै

सिंहदरबारकै कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै
अ+ अ-

सिंहदरबारका कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका थिए र उनीहरुले आन्दोलनकै रुपमा सोमबार हातमा कालो पट्टी बाँधेर काममा गएका हुन् । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज सो समूहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका बताइएको छ । एकातर्फ समायोजनको विरोधका कारण सिंहदरबारका कर्मचारीहरु आन्दोलित नै रहेका बेला आज फेरि लेखाका कर्मचारीले कालो पट्टी बाँधेर काम गर्न थालेका हुन् ।

‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन र त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ एकजना कर्मचारीले बताएका छन् । उनीहरूले लेखा समूहअन्तर्गतका प्रदेश र स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्ने माग राखेका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन जारी राखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको बताएका छन् । उनले कर्मचारीसँग वार्ताको क्रम चलिरहेको आफूलाई थाहा भएको तर कालो पट्टी बाँधेर काम गरेको भने कुनै जानकारी आफूलाई नरहेको बताएका छन् ।