काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले अबको तीन महिनामा जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।
यातायात मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा महासेठले आफ्नै दुईवटा रेल किन्न भारत सरकारसँगको अन्तिम तयारी पुरा भैसकेको जानकारी दिए ।
नेपालले भारतसँग दुइटै रेल एकैचोटि खरिद गर्ने र त्यसका लागि भारत सरकारबाट रेलको ’स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए ।टेन्डर प्रक्रिया र खरिद प्रक्रियामा अबरोध नआए अबको तीन महिनाभित्र एक वटा त्यसको एक महिनापछि अर्के रेल आउने महासेठले जनाएका हुन् ।
हाल साइकलको गतिमा कुद्ने रेल अब प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको ल्याउन लागेको महासेठले बताएका हुने । महासेठका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५/५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।
रेल वे ट्याकको काम हाल ९५ प्रतिशत भइसकेले जनकपुर–जयनगर–कुर्था रेलसेवा केही महिनाभित्रै सुरु गरिँदै छ ।