१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर–कलङ्की सडकखण्डमा चार पुल निर्माण



अ+ अ-

ललितपुर । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु हुन बाँकी छ । पुल निर्माण गर्ने भनिएको एक स्थानमा भने अहिलेसम्म ठेक्का सम्झौता भइसकेको छैन । उहाँले भन्नुभयो, “नेपाल सरकारले निर्माण गर्ने सात स्थानमध्ये खसीबजारमा ठेक्का सम्झौता हुन बाँकी हो ।”

तीन स्थानमा आकाशे पुल सडक निर्माण निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडकखण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको इञ्जिनीयर शर्माले बताउनुभयो । सडक निर्माण तोकिएको मिति मङ्सिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैँले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।
रासस