१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसले मेल्वर्नकै डाइरेक्टर बक्समा बसेर सन्दीपको खेल हेर्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अन्र्तराष्ट्रिय क्रिकेट खेलमा एकपछि अर्के गर्दै छलाङ मारिरहेका छन् । उनले हालै  खेलेको अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यास लिगमा पनि उतिकै रुपमा आफ्नो प्रभाव जमाइरहेका छन् ।

अष्ट्रेलियाको विभिन्न रंगशालामा हुने खेल हेर्न र सन्दीपलाई हौसला दिन अष्ट्रेलियामा यतिखेर सन्दीपको साथसाथै नेपाली खेल प्रेमि पनि जहाँ जहा खेल हुन्छ त्यहि पुग्ने क्रम जारी छ।

मेल्वर्न स्टार्समा अनुबन्धित सन्दीपको मंगलबार हुने खेल हेर्न नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन्।

एक्स्पर्ट क्रिकेट फेस्टिभलमा भाग लिन केही दिनअघि पारस र यू–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी तीन साताका लागि अष्ट्रेलिया गएका थिए। त्यसै क्रममा आफ्नो देशबाट प्रतिनिधित्व गरेका सन्दीपको खेल पारस खड्का लगाएतका नेपाली खेलाडिले पनि हेर्ने भएका हुन् ।

मेल्वर्न रेनेगेड्सविरूद्ध मंगलबार नेपाली समयअनुसार दिउँसो दुई बजे हुने खेल पारसले मेल्वर्न स्टार्सकै डाइरेक्टर बक्समा बसेर हेर्ने छन् ।

जारी बिग ब्यास लिगमा सन्दीपले तीन खेलमा सात विकेट लिएका छन्। तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ तर सन्दीपले भने तीनै खेलमा बलिङको जादु देखाएका छन्।




भर्खरै