५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै
अ+ अ-

 

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ ।

मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि आफ्नो श्रीमान्सँग सम्बन्ध विच्छेद हुने गरेकोमा अब त्यसो गर्नु गैरकानुनी हुने प्रावधानसहितको सो विधेयक राज्य सभामा पेश गरिने कानून मन्त्री रविशङ्करले सोमबार बताउनु भएको छ ।

‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ नामको यो विधेयक यही डिसेम्बर २७ मा भारतीय संसद्को तल्लो सदन ९लोक सभा० बाट गएको बिहीबार पास भएको थियो ।

विधेयकमाथि भएको छलफलपछि २४५ मतमा ११ मत मात्र यस विधेयकका विपक्षमा परेको थियो । प्राप्त समाचारका अनुसार विवादास्पपद यस तीन तलाक विधेयक माथिल्लो सदनमा छलफलका लागि भारतीय जनता पार्टी ९विजेपी० र भारतीय काँग्रेसका सदस्यहरुलाई उपस्थितको लागि भनिएको छ ।

भारतीय जनता पार्टी (बीजेपी)ले प्रस्ताव पारित गर्नका लागि लोकसभाका सदस्यलाई डिसेम्बर २७ मा संसद्मा उपस्थितिका लागि ह्वीप जारी गरेको थियो ।

यो तलाक शब्दलाई वैधानिक वाध्यताका रुपमा स्वीकार पनि गर्दै आएका छन् । तर यस्तो कार्य गैर कानुनी र नारी अधिकारको विपक्षमा रहेको भारती नारी अधिकारवादीहरुले बताएका छन् । उनीहरुकै आन्दोलनका कारण भारत सरकार यो कानुन ल्याउन बाध्य भएको हो ।

यस्तो कार्यलाई गतवर्ष नै भारतीय सर्वोच्च अदालतले प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश दिएपछि यो कार्यलाई गैर कानुनी मानिएको छ । तर पनि त्यो प्रतिबन्ध पछि पनि करिब ४५० महिलाले यस्तो तलाक शब्दको बाध्यता व्यहोरेको बताइएको छ ।

रासस