५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मछिन्द्र र एनआरटीको खेलमा पाँच/पाँच गोल

मछिन्द्र र एनआरटीको खेलमा पाँच/पाँच गोल
अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन आज भएको मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी)बीचको खेल बराबरीमा टुङ्गिएको छ ।

ललितपुरको दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५/५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका हुन् ।

मछिन्द्रका लागि विशाल राईले दुई गोल गर्दा खामिर गलिसान, अनिल गुरुङ र भासडिया डाइमण्डले एक÷एक गोल गरे । डाइमण्डले खेल शुरु भएको तेस्रो मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको नवौँ र ६३ औँ मिनेटमा विशालले दुई गोल गर्दा खामिरले खेलको २७ र अनिलले खेलको २९औँ मिनेटमा एक/एक गोल गरे ।

त्यस्तै एनआरटीका अशोक थापाले दुई गोल गरे भने सुशील लामा र विदेशी खेलाडी कौवासी जेनले एक/एक गोल गरे । अशोकले खेलको ३२ औँ र ३४औँ मिनेटमा दुई गोल गर्दा सुशीलले खेलको मध्यान्तर हुनुभन्दा अघिको अत्तिरिक्त समयमा एक गोल थपे ।

त्यसैगरी खेलको ८५औँ मिनेटमा विदेशी खेलाडी कौवासीले एक गोल गरे भने खेलको आठौँ मिनेटमा मछिन्द्रका खेलाडी साहीद गबेन्गाले एनआरटीको लागि उपहार स्वरुप आत्मघाती गोल गरिदिए ।

खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच घोषित भए । यस बराबरी खेलसँगै मछिन्द्र सात अङ्कसहित तालिकाको १२औँ स्थानमा छ भने छ अङ्क जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत छ ।