३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको दवाबले संसदमा लगिएको विद्येयक कुनैपनि हालतमा पास गर्न हुदैन: थापा



अ+ अ-


काठमाडौं। सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयकलाइ पास हुन नदिने चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर थापाले आफूले ५३ दिनसम्म भोक हड्तालमा बस्दा समेत सरकारले वास्ता नगरेको तर फुटकर रुपमा अनसन बसेर सरकार थर्काउने केसीलाइ भने उच्च प्राथमिकताको साथ हेरेको भन्दै
आपत्ति ब्यक्त गरेका छन् ।

उनले डाक्टर केसीको दवाबले संसदमा लगिएको बिधेक कुनैपनि हालतमा पास गर्न नहुने र बिधेकलाइ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

थापाले भने ‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानून बनाउनु हुँदैन, यदि केसी फेरि अनसन बसेको खण्डमा म पनि उनी बिरुद्ध अनसनमा बस्न तयार छु, कसैले पनि डा.केसीलाई हतियार बनाएर राजनीति गर्न पाइँदैन, स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्न खोजे दुर्घटना हुन्छ, कोही केसीलाई हतियार बनाएर देशलाई तहसनहस बनाउँन खोज्छन् भने हामी त्यसको बिरुद्धमा उभिनेछौं।’

थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बारम्बार उचालेको आरोप लगाएका छन् । उनले केसी राजनिति हतियार भएका कारणले गर्दा केसीको माग सुनुवाइ हुन नहुने बताएका छन् ।

त्यस्तै उनले केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रवीन्द्र मिश्रलाई उनको साथ छाडेर राजनितिको बाटोमा हिड्न सुझाव दिएका छन् ।