५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सरकारले अति गर्यो, प्रतिकारमा उत्रौँ – सहमहामन्त्री डा.महत

सरकारले अति गर्यो, प्रतिकारमा उत्रौँ – सहमहामन्त्री डा.महत
अ+ अ-

 

सुनसरी । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले भ्रष्टाचार र प्रेसमा हमलादेखि लिएर धेरैतिर अति गरिरहेको भन्दै काँग्रेसका कार्यकर्ताहरुलाई प्रतिकारमा उत्रिन आह्वान गरेका छन् ।

राष्टिय मेलमिलाप दिवसका अवसरमा मोरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले जहाज खरिददेखि राष्ट्रिय महत्वका आयोजनाहरु विदेशीलाई ठेक्का दिने काममा व्यापक भ्रष्टाचार गरेको र यस्ता अनियमितताहरु दिनहूँ मिडियामा आउन थालेपछि प्रेसमाथि नै हमला गरेर तर्साइरहेको बताए ।

उनले भने– सरकारका यी ज्यादतिहरु अति भइसकेका छन्, उसको अधिनायकवादी चरित्र सबै नेपाली जनताले देखिसकेका छन् अब हामीले स्थानीय, प्रदेश र केन्द्रीय तहमा आआफ्नो ठाउँबाट प्रतिकारमा उत्रिनुपर्ने बेला आएको छ, म नेपाली काँग्रेसका सबै कार्यकर्ताहरुलाई आआफ्नो ठाउँबाट सशक्त रुपमा लाग्न आग्रह गर्दछु ।

वाइडबडी खरिदमा सरकारको अनियमितता सबैले दिनहूँका मिडियामा छर्लंगै ऐनाजस्तै देखेका छन्, सरकार जतिधेरै खरिदगर्यो त्यति नै कमिसनको मान्यतामा गएको देखिन्छ, १४ मेगावाटको विजुली उत्पादन गर्न नसक्ने विदेशी कम्पनीलाई बुडीगण्डकी सुम्पिएको छ, अरु पनि कैयौँ भ्रष्टाचारका कुराहरु दिनदिनै मिडियामा छताछुल्ल देखिन्छ भन्दै सहमहामन्त्री डा महतले अगाडि भने– अब यी सबै ज्यादतिहरुलाई नेपाली काँग्रेसले सडक र सदनबाट सशक्त प्रतिकार गर्छ, त्यसका लागि काँग्रेस एक भएर लाग्छ ।

डा.महतले काँग्रेसको हालै सम्पन्न महासमिति बैठकपछि देशव्यापी रुपमा काँग्रेसभित्र सकारात्मक सन्देश गएकोले अब यो अवसरलाई उर्जामा बदल्दै काँग्रेसले देशव्यापी रुपमा प्रशिक्षण र सदस्यता विस्तारको कार्यक्रमलाई अघि बढाउने बताए ।

उनले अब काँग्रेसले देशव्यापी रुपमा गर्ने प्रशिक्षण कार्यक्रम पहिलेको जस्तो होइन सिर्जनात्मक र सशक्त हुने भन्दै प्रशिक्षणका लागि प्रयोग गरिने आर्थिक, राजनीतिक लगायतका पाठ्क्रकमहरु काँग्रेसको हालैको महासमिति बैठकले पारित गरेका विषयहरुबाट मात्र तयार गरिने तयारी काँग्रेसले गरेको पनि उनले बताए ।

नेपाली काँग्रेसको आर्थिक नीतिको सफलताका कारण विसं २०४८ पछि देशमा विकास निर्माणको आधारशिला बनेको र राजस्व संकलनको दायरा बढेको उनले बताउ ।

डा.महतले भने– त्यस समयमा देशको राजस्वको दायरा १२ अर्बको मात्र थियो तर अहिले ९५० अर्ब पुगेको छ, नेपाली काँग्रेसको सरकारले नेपालमा त्यस्तो द्धन्द्धको समयमा पनि आर्थिक विकासको कैयन् संरचना निर्माण गरेको स्मरण गरे ।

यो सरकारले काम गर्न नसक्ने र जनता झुक्याउनलाई ठूला ठूला गफमात्र गर्ने गरेको भन्दै उनले भने– हामीलाई त यिनीहरुको गफमात्र गर्ने चरित्र पहिल्यै थाहा थियो तर त्यो वास्तविकता अहिले आएर सबै नेपाली नागरिकले पनि जान्ने अवसर पाएका छन् ।

अबको नेपालको विकास नेपाली काँग्रेसबाट मात्र सम्भव रहेको र काँग्रेसकै आशामा समग्र नेपाली जनता रहेकोले यसका लागि आजैका मितिदेखि सबै जना एकजुट भएर लाग्न सबैलाई आह्वान गरे ।

विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको कारण नेपालमा प्रजातन्त्र सम्भव भएको भन्दै डा महतले विपी कोइरालालाई नेपालका मात्र नभएर एसियाका नेताका रुपमा चित्रण गरे ।