१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी क्रिकेट कप्तान मोर्तजा बने सांसद



अ+ अ-


काठमाडौं । बंगलादेशी राष्ट्रिय क्रिकेट टिमका कप्तान मसरफ बिन मोर्तजा सांसद बनेका छन् । आइतबार बंगलादेशमा सम्पन भएको आम निर्वाचनमा उनी शेख हसिनाको अवामी लिग दलबाट सांसदमा बिजयी भएका हुन् ।

क्रिकेटर मोर्तजाले आफ्नो प्रतिस्पर्धीभन्दा २ लाख ६६ हजार बढी मत प्राप्त गरेर सांसद चुनिएको बंगलादेशका संचार माध्यमहरुले जनाएको छ । उनले निर्वाचनमा कुल २ लाख ७४ हजार ४ सय १८ मतका साथ बिजयी भएका थिए ।

२०१९ को क्रिकेट विश्वकपपछि सन्यास घोषण गरेका पछिल्लो समय चोटका कारण मैदान बाहिर रहेका थिए । मोर्तजाले चुनावअघि क्रिकेट विकासका लागि काम गर्नुका साथै राजनीतिमा ध्यान दिने बताएका थिए ।

उनले करियरमा ३६ टेस्ट खेलेका थिउ भने उनले अन्तिम टेस्ट २००९ मा खेलेका हुन् ।