८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सात भन्सारको निर्यात शून्य

सात भन्सारको निर्यात शून्य
अ अ+ अ-

काठमाडौँ । मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ ।

ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ । यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै आयात र निर्यात भएको पाइएको छ ।

चालू आवको पछिल्लो पाँच महीनाको विवरणअनुसार वीरगञ्ज भन्सारबाट ३४ दशमलव २७ प्रतिशत बराबरको आयात भएको छ । सो भन्सारबाट रु दुई खर्ब सात अर्ब ९९ करोड ७५ लाख ३१ हजार बराबरको माल वस्तु आयात हुँदा रु छ अर्ब ७३ करोड ५७ लाख बराबरको मात्रै निर्यात भएको छ । प्रतिशतका आधारमा वीरगञ्ज भन्सारबाट १७ दशमलव ९६ प्रतिशत बराबरको माल वस्तु मात्रै निर्यात भएको छ ।

पछिल्लो दिनमा भैरहवा भन्सारबाट आयात हुने मालवस्तुको मात्रा समेत बढ्दै गएको पाइएको छ । चालू आवको पाँच महीनामा सो भन्सारबाट रु एक खर्ब एक अर्ब ९० करोड १९ लाख १९ हजार बराबरको सामान आयात भएको छ । प्रतिशतका आधारमा १६ दशमलव ७९ प्रतिशत सामान सोही भन्सारबाट आयात भएको छ तर सोही भन्सारबाट रु एक अर्ब ३६ करोढ ६१ लाख ३३ हजार बराबरको अर्थात तीन दशमलव ६४ प्रतिशत मात्रै निर्यात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ दशमलव ५९ प्रतिशत मालवस्तु आयात भएको छ । त्यो भनेको रु ७६ अर्ब ४३ करोड ४७ लाख २० हजार बराबरको माल वस्तु आयात भएको छ । सो भन्सारबाट रु १० अर्ब ८५ करोड ८६ लाख ६९ हजार बराबरको निर्यात भएको छ । निर्यात गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा रहेको छ । प्रतिशतका आधारमा २८ दशमलव ९५ प्रतिशत सामान उक्त भन्सारबाट निर्यात भएको छ ।

चौथो स्थानमा विराटनगर भन्सार रहेको छ । सो भन्सारबाट रु ७२ अर्ब २३ करोड ३२ लाख ७१ हजार अर्थात् ११ दशमलव ९० प्रतिशत बराबरको माल वस्तु आयात हुँदा रु १० अर्ब ६० करोड ३४ लाख १७ हजार अर्थात् २८ दशमलव २७ प्रतिशत निर्यात भएको छ ।

वीरगञ्ज सुख्खा भन्सारबाट रु ६१ अर्ब ८५ लाख ४६ हजार ५० हजार अर्थात् १० दशमलव १९ प्रतिशतको आयात हुँदा रु एक अर्ब ८१ करोड ३६ लाख ७७ हजार अर्थात् चार दशमलव ८४ प्रतिशतको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट रु २३ अर्ब ३० करोडको आयात हुँदा रु ८९ करोड ४५ लाख ९१ हजारको निर्यात भएको छ ।

रसुवा भन्सारबाट रु १७ अर्ब ३४ करोड ८१ लाख ५९ हजार बराबरको आयात भएको छ । सोही नाकाबाट रु ५३ करोड १६ लाख २८ हजारको मात्रै निर्यात भएको छ । मेची भन्सारबाट रु १६ अर्ब एक करोड ३५ लाख ६३ हजारको आयात हुँदा रु चार अर्ब १७ करोड छ लाख ६२ हजारको निर्यात भएको छ ।

कञ्चनपुर भन्सारबाट चालू आवको पाँच महीनामा रु १० अर्ब ५० करोड ५४ लाख ५३ हजारको आयात हुँदा रु १३ करोड ४७ लाख ७६ हजार बराबरको निर्यात भएको छ । कैलाली भन्सारले पाँच महीनामा रु आठ अर्ब २९ करोड ४५ लाख ५५ हजारको आयात गरेको छ भने निर्यात रु २८ करोड ५६ लाख ४९ हजारको मात्रै निर्यात गरेको छ ।

जलेश्वर भन्सारबाट रु चार अर्ब ३७ करोड १० लाख ९७ हजार बराबरको आयात हुँदा निर्यात भने शून्य रहेको छ । भन्सार विभागका अनुसार हाल देशभर ३१ भन्सार सञ्चालनमा छन् ।

रासस