३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका अमरेसले मागे सरकारको राजिनामा



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणमा सरकारको राजिनामा मागेको छ । नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले राजिनामा दिनुपर्ने जिकीर गरेका हुन् । सरकारले सुशासन र समृद्धिको नारा दिने तर यति ठूलो भ्रष्टाचारमा पनि राजिनामा नदिने भन्दै राजीनामा माग गरेका हुन् ।

आज बोल्ने अधिकांश सांसदले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका थिए । काँग्रेसका सबैजसो सांसदले यो आरोप लगाएका छन् । वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न संघीय संसदको दुबै सदनको संयुक्त समिति गठन गर्नुपर्ने उनले बताए । छानबिनपछि सरकारले नैतिकताको आधारमा रााजीनामा दिनुपर्छ– सांसद डा.सिंहले भने ।

सांसद सिंहले यस प्रकरणमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफूसँग रहेको पनि दाबी गरे । उनले भने यदि कसैलाई चाहिन्छ भने दिन म तयार छु र म संसदलाई ती सबै प्रमाण दिन्छु ।

वाइडबडी खरिदका विषयमा सार्वजनिक लेखासमिति र अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गरिरहेका बेला सांसद सिंहले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।