८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तरकारीले बजार नपाउँदा किसान निराश

तरकारीले बजार नपाउँदा किसान निराश
अ अ+ अ-

बनेपा । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् ।

किसानले बारीमा फलाएको गोलभेँडा, काउली, खुर्सानी, प्याज, लसुन, काँक्रोलगायतका तरकारी स्थानीयस्तरमा बिक्री नहुने र बजारसम्म पुर्याउनको लागि सवारीसाधनको सुविधा नहुँदा बिक्री नहुने समस्या रहेको बताउँछन् । नाग्रेगगर्चेका किसान मानध्वज लामाले उत्पादन गर्दै आएको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा निराश भएको बताउनुहुन्छ ।

‘‘धेरै उत्पादन गर्दा भनेजस्तो बिक्री नभएपछि अलिअलि गरेर उत्पादन गर्दै आइरहेको छु’’ लामाले भन्नुभयो,“अहिले मेरो बारीमा गोलभेँडा, काउली, बन्दा र लसुनलगायतका तरकारीखेती गरिएको छ ।” तरकारी उत्पादन गर्दै आएका त्यहाँका किसानले यसअघि धेरै गोलभेँडा फलाएपछि बिक्री नहुँदा असन्तुष्टी बढेको छ ।

यस गाउँमा धेरैजसो तरकारीखेती आफूले गरेको र अरुलाई पनि उत्पादन गर्न सुझाव दिएको बताउने लामाले आफ्नै कारणले खेती गरेर फलाएको गोलभेँडा बिक्री नभएपछि सबैजनाले उल्टै गाली गरेको उहाँको भनाइ छ । ‘‘बजारमा पठाऔँं गाडीको समस्या छ, नपठाऔँ त उत्पादन भएको तरकारी बिक्री हुँदैन’’ उहाँले थप्नुभयो, “पहिला हामीलाई तरकारी धेरै उत्पादन गर्न सकेको खण्डमा हामी बजार व्यवस्थापनको लागि पहल गर्छौं भनियो तर अहिले जति हारगुहार गर्दा पनि वास्ता गरेन ।”

आफ्नो खेती खेदेर गाउँलेलाई पनि तरकारी खेती गर्न लोभ लागोस् भनेर नमूनाको रुपमा काम गर्दै आएको उहाँको भनाइ छ । तरकारी फलाएर बजार नपाएपछि त्यहाँका किसानले शहरमा बस्ने छोराछोरीलाई पठाउनेदेखि आफन्तलाई बाँडेर सिध्याएको किसानको भनाइ छ ।

‘‘हामीले वडा कार्यालयसँग सङ्कलन केन्द्र बनाइदिन माग गरेका छौँ ।’’ लामाले भन्नुभयो, ‘‘त्यति मात्र गरिदिए पनि हामीले गरेको दुःखको कदर हुनेथ्यो ।’’ अर्का किसान अशोक मोक्तानले टनेल खेतीमा काँक्रो र गोलभेँडा लगाएर राम्रो उत्पादन गरेपनि सोचेजस्तो बजार नपाएको बताउनुभयो । अलिअलि त गाउँमा नै भएको होटलमा त केही मात्रामा गाउँमा केहीले किन्ने गरे पनि फलेका तरकारी सबै बिक्री गर्न नसक्दा त्यसलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको उहाँको भनाइ छ ।

‘‘उत्पादन भएको तरकारी बिक्री हुने गरेको भए किसानमा थप जागरुक पैदा हुन्थ्यो, तर आफूले गर्छु भने पनि ढुवानीको समस्याका कारण बजार व्यवस्थापन नभएपछि किसानहरु अन्य व्यवसायतर्फ आकर्षित हुन थालेका छन्’’, मोक्तानले भन्नुभयो, “उत्पादन भएका तरकारी बिक्री गर्न नपाउँदा तरकारी खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।”

मकवानपुरको टिस्टुङ पालुङमा दुई वर्ष तरकारी खेती गरेर गाउँमा नै फर्कनु भएका गाउँमा उदाहरण बनेर देखाउँछु भन्ने हिम्मत बोकेर काम गर्दा पनि त्यो खालको वातावरण पाउन नसकेको उहाँले बताउनुभयो । नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी लामाले महिलाको आयआर्जनको मुख्य स्रोत भनेको कृषि नै भए पनि यसको बजार नभएको कारणले गर्दा आम्दानी खासै नभएको बताउनुभयो ।

‘‘कृषिमा तरकारी खेतीबाट बजार राम्रो नभएका कारण खासै आम्दानी हुँदैन, कुखुरा बाख्रा बेचेर आएको पैसा चाही महिला दिदीबहिनीले सहकारीमा जम्मा गर्न आउने गरेका छन्’’ लामाले भन्नुभयो ।

सो क्षेत्रमा तरकारी खेतीका लागि सहयोग गर्दै आएका संस्था कारितास नेपालका जिल्ला संयोजक सुवास सापकोटाले आयआर्जनमा टेवा पु¥याउनको लागि सहयोग गर्दै आइरहको बताउनुभयो । ‘‘हामीले बोसिपारिक साविक तीनवटा गाविस ९हालको तीनवटा वडा सानोवाङथली, नाग्रेगगर्चे र माझीफेदा मा पशुपालनसम्बन्धी बाख्रा किन्न र गोठसुधार गर्न एवं कृषि क्षेत्रमा बीउबीजन र टनेला सेट नै दिएर सहयोग गरिरहेका छौँं ।’’ त्यससँगै फलफूल र मौरीपालनलगायतका कामको लागि सहयोग गर्न प्रतिघर रु २२ हजारको दरले तीन वटा वडाका एक हजार तीन घरधुरीलाई आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

त्यससँगै गाउँपालिका र वडा कार्यालयसँग मिलेर संयुक्त रुपमा सङ्कलन केन्द्र स्थापना गर्न कार्य अगाडि बढिरहेको उहाँले बताउनुभयो । सो वडाका वडाध्यक्ष दिनेश लामाले किसानले उत्पादन गरेको तरकारीलाई बजारसम्म पु¥याउनको लागि तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने विषयमा सङ्कलन केन्द्र खोल्न बजेटको व्यवस्था गरिसकेको बताउनुभयो ।

‘‘गाउँपालिकाले यसैवर्ष नौवटा वडामा नौ वटामा सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्याइएको छ’’ लामाले भन्नुभयो, “केही वर्ष अगाडिसम्म यहाँका मान्छेले शहरबाट गाउँमा आउँदा प्रत्येकले प्लास्टिकमा गोलभेँडा लिएर आउने गर्थे, अहिले त्यो छैन, आफ्नै घरबारीमा उत्पादन गरेर खाने र बिक्री गर्न सक्नेसम्मको भएको छ ।” सो वडाको ४४७ घरले टनेल पाइसकेको छ । सहयोगी सस्ंथा कारितासले तरकारी खेतीको लागि सहयोग गरी थप हौसल्ला दिएको उहाँको भनाइ छ ।

रासस