३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरणमा प्रहरीले शुरुमै गल्ती गर्याे : प्रधानममन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा प्रहरीले शुरुमा गल्ती गरको देखिएको बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने, यो आश्चर्यजनक भएको छ, र मलाई लाग्छ प्रहरीले शुरुमा केही गल्ती गरेको नै देखिन्छ । उनले बलात्कारपछिका हत्याका अरु धेरै घटनाको अनुसन्धान पछि तथ्य पत्ता लागेको तर यसमा भने आश्चर्य भएको बताए ।

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ, तर प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम पठाएर अनुसन्धान भने भएकै छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान शुरु भएको पनि उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

तर यसअघि अपराध स्वीकार गरेको भनिएका व्यक्तिले पनि आफूहलाई प्रहरीले मार्ने सम्मको धम्की दिएकोले हो भन्न बाध्य भएको बताएका थिए । तर त्यस विषयमा भने प्रधानमब्त्रीले केही उल्लेख गरेनन् । यसैबीच हिजोमात्र  प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले नसके अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको सहयोग लिएर भएपनि हत्यारा पत्ता लगाई छोड्ने बताएका थिए ।