• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’



साँखु । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । “बालबाललिका विद्यालयबाट समयमा घर आउँछन्, आउँदैनन्, के–कस्ता साथीसङ्गतमा छन्, अभिभावकले चासो दिनुपर्छ,” थापाले भन्नुभयो ।

‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नागरिक र प्रहरीबीचको सहकार्य तथा समझदारीबाट मात्रै समाज अपराध र भयमुक्त हुने उहाँको भनाइ थियो । बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयमा गठित कार्यक्रमले प्रहरी र विद्यार्थीबीच सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथामका साथै सूचना सङ्कलन र आदानप्रदान गर्न मद्दत पुग्ने बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष देशभरी एक हजार ४८० बलात्कारका घटना भएका थिए । रासस