• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द ★   जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली ★   राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार ★   ‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’ ★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

डिपिएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए



काठमाडौँ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल)  क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मङ्गलबारसम्मका लागि तोकिएको थियो ।

खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।