• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द ★   जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली ★   राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार ★   ‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’ ★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

वाइडबडी खरिदबारे अहिले बोल्दिन, पछि बोल्छु– पर्यटनमन्त्री अधिकारी




काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफूलाई वाइड बडी जहाज खरिदमा दोषी देखाएर लेखा समितिले प्रतिवेदन दिएपछि त्यस विषयमा अहिले आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

यस प्रकरणमा आफ्नो संलग्नताबारे आफूले अहिले नै केही नबोल्ने प्रतिक्रिया उनले दिएका हुन् । भैरहवामा रहेका मन्त्री अधिकारीले त्यहाँका पत्रकारले गरेको अन्तर्वार्ताको प्रयासमा यस्तो बताएका हुन् । लेखा समितिको छानबीन उपसमितिले भ्रष्टाचारमा उनको संलग्नता नै किटान गरेको छ । उनलाई कारबाही गर्न सो उपसमितिले निर्देशन नै दिएको छ । त्यस घटनामा आफूले अहिले नै केही नबोल्ने भनी पर्यटन मन्त्री अधिकारीले बताएका भैरहवाबाट न्युजपोलारका समाचारदाताले बताएका छन् । उक्त उपसमितिले आज सो प्रतिवेदन बुझाएपछि उनको विरुद्धमा सामाजिक सञ्जालमा व्यापक मात्रामा विरोध आएको छ ।

आफूले आवश्यक परे पछि बोल्ने उनको प्रतिक्रिया थियो । अधिकारीले वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिएमा आफूले मन्त्रीबाट राजिनामा दिने मात्र होइन कि राजनीतिबाट सन्यास लिने केही समयअघि एक अन्तर्वार्तामा बताएका थिए ।
नेपाल वायु सेवा निगमले एयरबस कम्पनीका दुई वटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले प्रतिवेदन तयार पारी आज बुझाएको छ । उपसमितिले बुधबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलाई बुझाएको छ ।